राखेप र एन्फाको विवादले नेपाल–हङकङ खेल रद्द

User Image Prime TV News एक महिना अगाडि
Image of राखेप र एन्फाको विवादले नेपाल–हङकङ खेल रद्द

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको विवादका कारण नेपाल र हङकङबीच हुने मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ।

एन्फाले दशरथ रंगशाला प्रयोग गर्न समयमै अनुमति नपाएको भन्दै खेल रद्द गर्नुपरेको जनाएको छ। लामो समयपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल हुन लागेको थियो, तर अन्तिम समयमा आएर रद्द भयो। तर, राखेपले भने आफूले समयमै अनुमति दिएको दाबी गरेको छ। राखेपले पत्र सार्वजनिक गर्दै एन्फाले गलत आरोप लगाएको जनाएको छ।

यसको जवाफमा एन्फाले आफूले कुनै पनि लिखित स्वीकृति नपाएको बताएको छ। एन्फाका अनुसार पटक–पटक कार्यालय जाँदा पनि अनुमति दिइएन। एन्फाले अन्तिम समयमा मैदान नपाएपछि समय अभावका कारण खेल स्थगन गर्नुपरेको जनाएको छ। यस विवादले नेपाली फुटबलमा समन्वयको कमी देखिएको भन्दै आलोचना भइरहेको छ।