कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि, सभापति गगन थापाकै अध्यक्षतामा वस्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसले भोलि दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।
पार्टीका कार्यवहाक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरू सहभागी हुनेछन्। गत शुक्रबारदेखि आइतबारसम्म बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको थियो।
त्यसपछि उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले फागुन २१ को चुनावी पराजयको प्रारम्भिक समीक्षा गरेको थियो। भोलि बस्ने बैठकमा सभापति गगन थापाकै अध्यक्षतामा कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका तय हुने तयारी भइरहेको नेताहरूले बताएका छन्।







