नेकपा माओवादीको केन्द्रीय समिति बैठक सुरु

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपा माओवादीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज राजधानीको प्रज्ञा भवनमा सुरु भएको छ। बैठकको प्रारम्भमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेका छन्।

बैठकको प्रारम्भ श्रद्धाञ्जली अर्पणसँगै बैठक सुरु भएको छ । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रस्तावमाथि छलफल पनि हुने छ। बैठकको एजेन्डाअनुसार, विशेष महाधिवेशन सम्बन्धी तयारी, आगामी फागुन २१ गते हुने आम निर्वाचन, पार्टी एकता र ध्रुवीकरण, राहत र पुनर्निर्माणका विषयमा विस्तृत छलफल हुनेछ।

त्यसैगरी, जनपरिचालन र जनसम्बन्ध सुदृढीकरणका मुद्दाहरू र अन्य विविध एजेन्डा पनि बैठकमा उठाइने कार्यक्रम छ।

यसै विच बैठकको सुरुवातीमा नै सुदन किराती लगाएतक केही युवा नेताहरुले होहल्ला गरेको वताइएको छ ।