रेणु दाहालको हारमा ओलीले व्यक्त गरे दुःख
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा रेणु दाहाल पराजित भएकोमा दुःख व्यक्त गरेका छन्।
आज ओलीलाई भेट्न रेणु सहित गंगा दाहाल भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेकी थिइन्। उनी ओलीप्रति समवेदना व्यक्त गर्न पुगेकी थिइन्। भेटका क्रममा चुनावबारे पनि कुराकानी भएको थियो। ओलीले दाहाललाई “तिमी जित्नुपर्ने थियो” भन्दै उनले हार्नु नपर्ने बताएका छन्।
उनले भरतपुर महानगरको मेयर हुँदा गरेको कामको पनि प्रशंसा गरेका छन्। दुवै नेताबीच करिब आधा घण्टा कुराकानी भएको थियो। त्यस क्रममा दाहालले ओलीका स्वर्गीय पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्। गत फागुन २१ मा भएको निर्वाचनमा रेणु दाहाल चितवन–३ बाट पराजित भएकी थिइन्।







