नेपाली कांग्रेसको बैठक आज, पार्टीको नियमित महाधिवेशन बारे छलफल हुने

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेसको बैठक आज, पार्टीको नियमित महाधिवेशन बारे छलफल हुने

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी कार्यालयमा हुने बताइएको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सबै पदाधिकारी, सदस्य र प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरेका छन्।

यसअघि तीन दिनसम्म बसेको बैठकले सभापति गगन थापाको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो। साथै, ६ बुँदे निर्णय पनि पारित गरिएको थियो।

आजको बैठकमा ती निर्णय कार्यान्वयन गर्ने र पार्टीको आगामी कामबारे स्पष्ट योजना बनाउने विषयमा छलफल हुने बताइएको छ ।