पदमा टिकिराख्न कुनै इच्छा छैनः प्रचण्ड

User Image Prime TV News १ हप्ता अगाडि
Image of पदमा टिकिराख्न कुनै इच्छा छैनः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमा कुनै पदलोलुपता नभएको बताएका छन् ।

राजधानीको प्रज्ञा भवनमा बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले नेतृत्व हस्तान्तरणको विषयमा आफूलाई पदमा टिकिराख्नको कुनै इच्छा नभएको वताए । तर प्रक्रिया सही ढंगले पूरा हुनुपर्ने पक्षमा आफ्नो समर्थन रहेको उल्लेख गरे ।

हालको राजनीतिक परिस्थितिलाई जटिल र गम्भीर रहेको भन्दै आफू वाहिर भने जस्तै पदलोलुपता नरहेको बताए । उनले आजको अवस्थालाई शब्दले बयान गर्न पनि गाह्रो भइरहेको भन्दै यस्तो बेला पार्टी आन्दोलनलाई सुदृढ बनाउने र विशेष महाधिवेशनसम्म जानुपर्ने बताए ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पार्टीको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव गरेका छन् ।