कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको विमान दुर्घटनाग्रस्त, ६६ जनाको मृत्यु

User Image Prime TV News एक महिना अगाडि
Image of कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको विमान दुर्घटनाग्रस्त,  ६६ जनाको मृत्यु

काठमाडौ । कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ। दर्जनौँ व्यक्ति घाइते भएका छन्।

विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य गरी जम्मा १२५ जना सवार थिए। दुर्घटनाग्रस्त विमान अमेरिकामा बनेको लकहिड मार्टिनको ‘सी-१३० हरक्युलिस’ हो, जुन सैनिकहरूको ओसार–पसारमा प्रयोग हुने विमान हो।

रोयटर्सका अनुसार, सोमबार प्युर्तो लेगुइजामो सहरबाट उडान भरेको विमान केही बेरमै खसेको हो। दुर्घटनास्थलमा आपतकालीन उद्धारकर्मीहरू खटिएका छन् र भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी भइरहेको छ। स्थानीय बासिन्दाहरूले घाइतेहरूलाई साना मोटरसाइकलमा राखेर अस्पताल पुर्याइरहेको दृश्य देखिएको छ।

कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले विमान दुर्घटना अत्यन्तै दुःखद भएको बताए र विमानमा आगो लाग्दा गोलाबारुद पड्केको जानकारी दिएका छन्। सैन्य स्रोतले ६६ जनाको मृत्यु पुष्टि गरेका छन्। कोलम्बियाली वायु सेनाले घाइतेहरूको उद्धार र उपचारका लागि घटनास्थलमा टोली पठाइसकेको छ। यो दुर्घटना कोलम्बियाको वायु सेनाको इतिहासकै सबैभन्दा ठूलो र घातक मानिएको छ।