श्रम संस्कृति पार्टीका सात जना सांसदले चारवटा भाषामा सपथ लिने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । श्रम संस्कृति पार्टीका सात जना सांसदले चारवटा भाषामा सपथ लिने तयारी गरेका छन्। संसद् सचिवालयका अनुसार, सांसदहरूले नेपाली भाषासँगै आफ्नै मातृभाषामा पनि सपथ लिने भएका हुन्।
पार्टी अध्यक्ष हर्क साम्पाङ (सुनसरी–१) बाट निर्वाचित, महासचिव आरेन राई (खोटाङ) बाट निर्वाचित, र सामानुपातिक सांसद् अम्बिका देवी सङ्ग्रौला र राधिका रम्तेलले नेपाली भाषामा सपथ लिनेछन्।
बाकी तीन सांसदले मातृभाषामा सपथ लिनेछन्। भोजपुरबाट निर्वाचित ध्रुवराज राई बान्तावा भाषामा, पूर्णप्रसाद लिम्बु लिम्बु भाषामा र रुवीकुमारी ठाकुर मैथिली भाषामा सपथ लिनेछन्। प्रतिनिधि सभाका सदस्यहरूको शपथ चैत १२ गते दिउँसो २ बजे हुनेछ।
शपथअघि संसदका जेष्ठ सदस्य कांग्रेस नेता अर्जुननर सिंह केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराउने छन्। बाँकी सांसदलाई भोलिपल्ट केसीले शपथ गराउने व्यवस्था गरिएको छ।







