पेट्रोलियम खपत घटाउने उद्देश्यसहित सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले पेट्रोलियम खपत घटाउने उद्देश्यसहित सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक र निजी सवारी साधनमा यो प्रणाली लागू गर्ने तयारी गरिरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार आन्तरिक छलफल जारी छ।
यसैबीच, यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीसँग छलफल गर्दै सवारीमा जोरबिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ। सरकारले यसअघि कोरोना महामारीको बेलामा पनि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको थियो।
अहिले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको कारण र खपत घटाउन विद्युतीय चुल्हो प्रयोग गर्न पनि नागरिकलाई सुझाव दिइएको छ।







