भ्रष्टाचार छानबिन तथा सुशासनका लागि नयाँ सरकारलाई सहयोग गर्छौः सभापति थापा

User Image Prime TV News एक महिना अगाडि
Image of भ्रष्टाचार छानबिन तथा सुशासनका लागि नयाँ सरकारलाई सहयोग गर्छौः सभापति थापा

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ सरकारसँग सुशासन कायम गर्न र शासकीय सुधारका लागि सहकार्य गर्न तयार रहेको बताएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “यदि अवैध छ भने जफत गर्नुपर्छ। निर्वाचनअघि पनि हामीले यो माग उठाएका थियौँ, रास्वपाले पनि यसमा सहमति जनाएको थियो।”

सभापति थापाले भ्रष्टाचारका फाइलहरू राजनीतिक लाभका लागि मात्र खोलिनु नहुने र कानुनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिए। विगत ३५ वर्षमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको उल्लेख गर्दै उनले भने, “कुनै पनि काण्ड वा भ्रष्टाचार कानुनअनुसार छानबिन हुनुपर्छ र सार्वजनिक खपतको विषय नबनोस्।”

नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नगरिक अपेक्षा रहेको उल्लेख गर्दै थापाले आगामी पाँच वर्ष कांग्रेसले प्रतिपक्षको जिम्मेवार भुमिका निर्वाह गर्ने र भ्रष्टाचार छानबिन तथा सुशासनका लागि नयाँ सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।