नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्सेमा २३ अंकको वृद्धि, कारोबार रकम १४ अर्ब ८३ करोड

काठमाडौ । नेपाली सेयर बजार मंगलबार उच्च अंकले बढेको छ।

आज नेप्से परिसूचक २३.८३ अंकले बढेर २,९६०.४० विन्दुमा पुगेको छ। आज बजारमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ। ११ कम्पनीको मूल्य स्थिर रह्यो। सेन्सेटिभ इन्डेक्स १.९७ अंकले बढेर ५०७ विन्दुमा पुगेको छ।

आज १३ वटा उपसूचकमध्ये ८ वटाको मूल्य बढेको र ५ वटाको घटेको देखिएको छ। आजको कारोबारमा ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १२६ हजार ९४७ पटक खरिद-बिक्री हुँदा १४ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसमा ६ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर कारोबार भएको थियो।