सरकारले गर्यो पुनर्निर्माण कोषमा योगदानकालागि आब्हान

User Image Prime TV News ११ महिना अगाडि
Image of सरकारले गर्यो पुनर्निर्माण कोषमा योगदानकालागि आब्हान

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको पुनर्निर्माण कोषमा सहयोग गर्न सबैलाई आह्वान गरेका छन्।

मन्त्री घिसिङले पत्रकार सम्मेलन गरि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी र विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरू, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट अमूल्य योगदानको अपेक्षा गर्दै राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका हुन् ।

पुर्ननिर्माणका लागि आवश्यक वजेट जुटाउन कोष स्थापना गरिएको पनि मन्त्री घिसिङले जानकारी दिए । 

सरकारले अर्थमन्त्री रामेश्वर खनालको अध्यक्षतामा पुनर्निर्माण समिति गठन गरि सकेको छ । समितिले पुनर्निर्माण कार्य योजना स्वीकृत गरेको र अब पुनर्निर्माणको कार्य सुरु हुने बताइएको छ ।