कांग्रेस बैठक आज पनि, महाधिवेशनको मिति बारे छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस बैठक आज पनि, महाधिवेशनको मिति बारे छलफल

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ।

हिजोदेखि सुरु भएको बैठकमा नेताहरूले विभिन्न विषयमा आफ्नो धारणा राखिरहेका छन्। सभापति गगनकुमार थापाले २०८३ भदौ २४ देखि २६ गतेसम्म १५ औँ महाधिवेशन गर्ने प्रस्ताव राखेका छन्।

आजको बैठकमा मुख्य रूपमा यही मितिबारे छलफल हुने छ । साथै अहिलेको राजनीतिक अवस्था र पार्टीका अन्य विषयमा पनि छलफल हुने बताइएको छ । बैठकमा सुशासन, संविधान संशोधनका लागि अध्ययन समिति बनाउने, केन्द्रीय निर्वाचन समिति गठन गर्ने जस्ता विषय पनि उठेका छन्।

यसैगरी, सदस्यता अद्यावधिक गर्ने अभियान, सांसदका लागि अभिमुखीकरण र प्रदेश तथा स्थानीय सरकारको कामको समीक्षा पनि एजेन्डामा छन्।