आज मौसम आंशिक बदली, काठमाडौँमा पानी पर्ने सम्भावना कम

User Image Prime TV News एक महिना अगाडि
Image of आज मौसम आंशिक बदली, काठमाडौँमा पानी पर्ने सम्भावना कम

काठमाडौ । नेपालमा अहिले मौसम आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईमा मौसम सफा छ।

दिउँसो कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही पहाडी र हिमाली क्षेत्रमा बादल बढ्नेछ। अन्य ठाउँमा आंशिक बदली रहनेछ र तराईमा मौसम सफा रहनेछ।

केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । राति पनि पहाडी र हिमाली क्षेत्रमा बादल रहनेछ भने तराईमा मौसम सफा रहने अनुमान छ। केही ठाउँमा हल्का वर्षा हुन सक्छ।

यसैबीच काठमाडौँ उपत्यकामा आज पानी पर्ने सम्भावना कम रहेको छ। दिनभर आंशिक बदली रहनेछ, जसको अर्थ आकाशमा बादल पनि देखिनेछ र घाम पनि लाग्नेछ ।