पुराना दलका तीन भ्रष्ट नेताहरुले आलोपालो देशको दोहन गरेः नेता भट्टराई

User Image Prime TV News ११ महिना अगाडि
Image of पुराना दलका तीन भ्रष्ट नेताहरुले आलोपालो देशको दोहन गरेः नेता भट्टराई

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्तालाई अवसर दिनका लागि आफुले नेसपा(नयाँ शक्ति)को अध्यक्ष पदबाट राजीनामा दिएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भट्टराईले अहिलेसम्म आफुलाई साथ दिने पार्टीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिदै नयाँ पुस्तालाई प्रोत्साहन गर्न र उनीहरुलाई नै देशको नेतृत्व दिने अवसर सिर्जना गर्न आफुले पदबाट राजीनामा दिएको बताए ।

उनले नेपाली इतिहासलाई केहि दशक अघि बढाउन नयाँ पुस्ता आन्दोलनबाट दिक्षित भएकाले उनीहरुलाई अवसर प्रदान गर्नुपर्ने धारणा राखेका थिए । पुराना दलहरुले आफुलाई रुपन्तरण गर्दै सच्चिनुपर्ने वा सकिनुपर्ने अवस्था आएको नेता भट्टराईको भनाई थियो ।

आफुले पद त्याग गरेपनि अभियान र आन्दोलनबाट अलग नभएको स्पष्ट पार्दै उनले पछिल्लो दश १० बर्ष पुराना दलका तीन भ्रष्ट नेताहरुले आलोपालो देशको दोहन गरेको र भ्रष्टाचारको आहालमा डुवाएर युवाहरुलाई विदेश जान बाध्य पारिएकाले युवाहरु आन्दोलनमा आउनुपरेको बताए ।