गोकुल बास्कोटाले फेरि वाम एकताको कुरा उठाएप्रति गरे कटाक्ष

User Image Prime TV News एक महिना अगाडि
Image of गोकुल बास्कोटाले फेरि वाम एकताको कुरा उठाएप्रति गरे कटाक्ष

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले फेरि वाम एकताको कुरा उठाएप्रति कटाक्ष गरेका छन्।

बुधबार सामाजिक सञ्जालमा उनले लेखेका छन् कि वाम एकताको कुरा चल्न लाग्नु फोहर गर्दा दैलो देखिएको जस्तो भएको हो। उनले अहिले आन्दोलनको पुनर्जागरणसँगै आफ्नो पार्टीको पुनर्गठन र नयाँ नेतृत्व बनाउनु जरूरी भएको बताउका छन् । उनका अनुसार पुरानो एकताले जनता र समर्थकमा विश्वास जगाउन नसक्ने उल्लेख गरे । 

‘फेरि वाम एकताको राग चल्न लागेछ। यो पनि जनताले मत हालेर सरकार गठन हुन लाग्दा केही मान्छेले मसीको प्रमाण खोज्न हिडेझैँ फोहर गरेपछि दैलो देखेजस्तै हो’, पूर्वमन्त्रीसमेत रहेका एमाले नेता बास्कोटाले लेखेका छन्, ‘आन्दोलनको पुनर्जागरणभित्र सगंठनको पुनर्गठन र नवीन नेतृत्वको निर्माण खोज्नु बेस। मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन।’