नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी

काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा बाँकी सदस्यहरूले धारणा राखिरहेका छन्।

बुधबार बसेको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आफ्नो विचार राखेका थिए। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि हिजै विभिन्न प्रस्ताव पेश गरेका छन्। प्रस्तावमा समसामयिक विषय, सुशासन स्थापना, सक्रियता र सुझाव, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका र केन्द्रीय निर्वाचन समिति गठन जस्ता ११ बुँदा समावेश छन्।