यी सांसदले फरक भाषामा शपथ लिन लागेका छन्
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाका केही नयाँ सांसदहरूले नेपाली भाषाबाहेक अन्य भाषामा शपथ लिन लागेका छन्।
पूर्वमिस नेपाल अनुष्का श्रेष्ठ, विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्य नेपाल भाषामा शपथ ग्रहण गर्नेछन्। त्यस्तै, खुश्बु ओली, जो राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद हुन्, संस्कृत भाषामा शपथ लिनेछिन्।
प्रतिनिधिसभाका यी सदस्यहरूको शपथ ग्रहण यही चैत १२ गते तय गरिएको छ।








