बालेन शाहको सपथग्रहणमा १०८ जना बटुकले स्वस्तिक बाचन गर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of बालेन शाहको सपथग्रहणमा  १०८ जना बटुकले स्वस्तिक बाचन गर्ने

काठमाडौ । रास्वपाका वरिष्ठ नेता र आगामी प्रधानमन्त्री बालेन शाहको सपथग्रहण शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा हुने भएको छ।

बालेन निकटका अनुसार राष्ट्रपति कार्यालयमा सो समयमै सपथ ग्रहण गरिने तयारी गरिएको छ। समारोहमा १०८ जना बटुकले स्वस्तिक बाचन गर्नेछन् भने १०७ जना बौद्ध लामा गुरुहरूले मंगलवाचन गर्ने व्यवस्था गरिएको छ। साथै, ७ जना ब्राह्मणले शंखनाद गरेर समारोहलाई सनातन धर्मअनुसार भव्य बनाउने तयारी गरेका छन्।