पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउन निःशुल्क बस सेवा थालनी

काठमाडौ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुराउनका लागि निःशुल्क बस सेवा थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले तुईन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणगढसम्म निशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दिपक रिजालले जानकारी दिए । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो ।

अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाधान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको प्रहरी निरीक्षक रिजालले बताए । अहिले पहिरो पन्छाउनका लागि नारायणगढतर्फबाट तीनवटा र मुग्लिनतर्फबाट दुईवटा मेशिन परिचालन गरिएको छ ।

मुग्लिन नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपरान्ह गएको ठुलो पहिरोका कारण सडक आवागमन पुर्णरूपमा बन्द छ ।