ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखको जिम्मेवारी सम्हाले
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिए संगै पदभार ग्रहण गरेका छन्।
उनले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर आफ्नो जिम्मेवारी सुरु गरेका हुन्। केसीले पदभार ग्रहणपछि आफ्नो सीमित समयभित्र सभामुखको भूमिका निष्पक्ष र पारदर्शी रूपमा निर्वाह गर्ने बताएका छन्। उनले सभामुखको कामले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने र संसदका सबै सांसदको विशेषाधिकारको रक्षा गर्ने बताए।
नयाँ सभामुख चयन नभएसम्म, केसीले बैठक सञ्चालन र संसदको अन्य व्यवस्थापकीय जिम्मेवारीहरू सम्हाल्नेछन्।







