निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्ने निर्णय

User Image Prime TV News ११ महिना अगाडि
Image of निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली अद्यावधिक गर्ने निर्णय

काठमाडौ । नेपालको निर्वाचन आयोगले आगामी कात्तिक मसान्त ३० गतेसम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने भएको छ । आयोगको आज बसेको बैठकले आगामी कार्तिक ३० गते सम्म मतदाता संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको हो ।

आयोगको निर्णय संगै आगामी फागुन २० गतेसम्म १८ वर्ष पुरा गर्ने नागरिकलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्ने अवसर प्राप्त हुनेछ। आयोगको निर्णय संगै मतदाता नामावली सङ्कलन प्रक्रिया सुरु गरेको छ । 

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नामावली सङ्कलनमा सुधार ल्याउन र जनतालाई सहभागी गराउन सरकारसँग अनुरोध गरेको थियो । जसको आधारमा सरकारले अध्यादेशमार्फत यो प्रक्रिया अघि बढाउन मार्ग प्रशस्त गरेको हो।

फागुन २१ गते निर्वाचनको मिति घोषणासंगै आयोगले सबै क्षेत्रीय र स्थानीय स्तरमा मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई तीव्र गति दिनुपर्ने दबाब रहेको छ ।