पश्चिम नेपालमा पछिल्लो समय लगातार भूकम्पीय धक्का
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पश्चिम नेपालमा पछिल्लो समय लगातार भूकम्पीय धक्का महसुस भइरहेको छ। बिहीबार बिहान दार्चुलाको मुराइ केन्द्र भएर ४.० म्याग्निच्युडको भूकम्प गएको छ। यसअघि पनि सो क्षेत्रमा बारम्बार साना भूकम्प गइरहेका छन्।
गत चैत ९ गते बझाङको रायाल केन्द्र भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो। सोही दिन दार्चुलाकै मुराइ केन्द्र भएर पनि ४.१ म्याग्निच्युडको अर्को धक्का महसुस गरिएको थियो। त्यस्तै, चैत ३ गते दार्चुलाको सिटौला केन्द्र भएर ४.० म्याग्निच्युड र फागुन २२ गते बझाङको चैनपुर केन्द्र भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
पछिल्ला दिनमा पश्चिम क्षेत्रमा लगातार साना भूकम्प गइरहेकाले स्थानीयमा त्रास बढेको छ। विज्ञहरूले यस्तो अवस्थामा सतर्क रहन आग्रह गरेका छन्।







