शपथ ग्रहण कार्यक्रमलाई आवश्यक व्यवस्था मिलाइदिन मुख्य सचिवलाई रास्वपाको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको तयारी सुरु गरेको छ।
पार्टीका अनुसार शपथ ग्रहण कार्यक्रम व्यवस्थित रूपमा सञ्चालन गर्न मुख्य सचिवलाई आवश्यक व्यवस्था मिलाइदिन आग्रह गरिएको छ। यसका लागि महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्र पठाएका छन्। आज चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण हुँदैछ।
भोलि चैत १३ गते रास्वपाका नेता बालेन शाह प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भएको छ। शपथ ग्रहण शीतल निवासमा दिउँसो १२:३४ बजे हुनेछ। कार्यक्रममा शंखनाद, स्वस्ती वाचन र बौद्ध परम्पराअनुसार अष्टमंगल पाठ गर्ने तयारी गरिएको छ।
शपथपछि बालेन शाहले दिउँसो सवा २ बजे सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्ने कार्यक्रम रहेको छ।







