गल्ती र कमजोरीबाट सिक्दै पार्टी पुनर्गठन गरौः सचिव भट्टराई


काठमाडौ । नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनको पुनर्गठन गर्ने बताएका छन्। बिहीबार एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै गल्ती र कमजोरीबाट हामी सिक्नेछौँ र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ भनेका छन् ।
भट्टराईले मार्क्सको उद्धारण गर्दै भने, "इतिहासमा कुनै पनि अवस्था स्थायी हुँदैन, र निराशाको गर्भमा परिवर्तनको सम्भावना लुकेको हुन्छ।"
उनी यो निराशा र सङ्कटको अवस्था स्थायी नभएको उल्लेख गर्दै अब पुनर्गठनको आवश्यकता रहेको वताए । भट्टराईले पार्टीका नेताहरूलाई आत्मसमिक्षा र आत्मभर्त्सनाको आवाहन पनि गरेका छन्। उनले नेकपा एमालेका आन्तरिक पुनर्गठनसम्बन्धी सवाल उठाउँदै, ग्राम्सीको विचारमा विश्वास गर्दै भने, "नेकपा (एमाले) र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनासाथ पुनर्गठन गर्नुपर्नेछ।"
तर, पार्टी र आन्दोलनको पुनर्गठन गर्दा इतिहासको बेवास्ता र अपमान कदापि गर्नु नहुनेमा पनि उनले जोड दिएका छन्।