सरकारले गर्ने राम्रो काममा आफ्नो पार्टीले सहयोग रहन्छः हर्क साम्पाङ

User Image Prime TV News एक महिना अगाडि
Image of सरकारले गर्ने राम्रो काममा आफ्नो पार्टीले सहयोग रहन्छः हर्क साम्पाङ

काठमाडौ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले गर्ने राम्रो काममा आफ्नो पार्टीले सहयोग गर्ने बताएका छन्। शपथ ग्रहणका लागि सिंहदरबार पुगेका उनले भने, सरकारले नराम्रो काम गर्न खोजे पार्टीले त्यसको विरोध गर्नेछ।

अध्यक्ष साम्पाङले बताए, “हामी प्रतिपक्षमा रहेर पनि सरकारलाई सहयोग गर्छौँ। आलोचना र विरोधबाट सिकेर सरकारलाई सही दिशा दिन सकिन्छ। यसकारण हामी सरकारसँग सहकार्यको पक्षमा छौँ।”

साम्पाङले आफूलाई भावी प्रधानमन्त्रीको रूपमा अघि राख्नुको कारण राजनीति गर्ने व्यक्तिले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएको पनि स्पष्ट पारे। उनले भने, “जनताको निर्णयलाई हामीले सम्मान र स्वीकार गर्नुपर्छ। यसमा कुनै ठूलो कुरा छैन।”