एमाले नेता ऐन महर पक्राउ


काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर पक्राउ परेका छन् । पक्राउ संगै महरलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा बयान भै रहेको छ ।
बझाङ निवासी रश्मिला धामीले महर विरुद्ध साइबर अपराध अन्तर्गत उजुरी दर्ता गराएपछि विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उजुरीको आधारमा साइबर क्राइम ब्युरोले अनुसन्धान अघि बढाएको छ।
महरले विभिन्न सामाजिक सञ्जालहरूमा आफ्नो चरित्रमा आँच पुर्याउने सामग्री सार्वजनिक गरेको, अपमानजनक भाषा प्रयोग गरेको र मानहानी हुने खालका अभिव्यक्ति दिएको आरोप धामीले लगाएकी छिन् । आफूलाई मानसिक, सामाजिक र पारिवारिक रूपमा असर पर्ने गरी गरिएको गतिविधि विरुद्ध कानुनी उपचार खोजेको वताउदै आएकीछन् ।
धामीले साइबर क्राइम ब्युरोमा जाहेरी दिएपछि ब्युरोले संकलन गरेको प्रारम्भिक प्रमाणका आधारमा काठमाडाैं जिल्ला अदालतमा पक्राउ पुर्जीकोलागि अनुरोध गरेको थियो। अदालतले अनुसन्धानलाई सहज बनाउन महरलाई पक्राउ गरी सोधपुछ गर्न अनुमति दिएको हो।
नेपालको सार्वजनिक अपराध साइबर अपराध सम्बन्धी ऐन अन्तर्गत सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी कसैको मानहानी, गाली बेइज्जती, चरित्रहत्या, धम्की वा मानसिक पीडा दिने कार्यलाई दण्डनीय अपराध मानिन्छ।