सरकारले प्रमुख नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी


काठमाडौ । नेपाल सरकारले प्रमुख राजनीतिक नेताहरूको पासपोर्ट (राहदानी) रोक्का गर्ने तयारी गरेको छ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, र पूर्वऊर्जामन्त्री दीपक खड्कालगायतका शीर्ष नेताहरूको पासपोर्ट रोक्ने तयारी गरेको बताइएको छ।
गत भाद्र २३ गतेको जेनजी आन्दोलन दमन प्रकरणमा संलग्न नेताहरूको विरुद्धमा कार्यवाही गर्न माग गर्दै आन्दोलनकारीहरूले सरकारलाई दबाब दिएका थिए। सरकारले आफ्नो अनुसन्धानको प्राथमिकता दुई मुख्य बिषयहरूमा राखेको बताइएको छ।
जेनजी आन्दोलनमा भएको दमन र केही नेताहरूको घरमा भेटिएका नगदका स्रोतका विषयमा अनुसन्धानका लागि नेताहरूको पासपोर्ट रोक्ने निर्णय गरिएको छ।
सरकारले नेताहरुकाे राहदानी रोक्का गर्ने तयारी गरि रहेका बेला मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।