पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिए बालेनलाई शुभकामना

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दिए बालेनलाई  शुभकामना

काठमाडौ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनको काँधमा ठूलो जिम्मेवारी आएको बताएका छन्। उनले देश लामो समयदेखि आर्थिक र राजनीतिक समस्यामा अल्झिएको भन्दै त्यसलाई सुधार्न नयाँ नेतृत्वले काम गर्नुपर्ने बताएका हुन्।

उनका अनुसार अहिले नेपालले भित्र र बाहिर दुवैतर्फ चुनौती सामना गरिरहेको छ। बदलिँदो विश्व परिस्थिति बुझेर अगाडि बढ्नुपर्ने दायित्व नयाँ प्रधानमन्त्रीको काँधमा रहेको उनले उल्लेख गरेका छन्।

भट्टराईले अबको राजनीति प्रविधिमैत्री र युवापुस्तामा केन्द्रित हुँदै गएको पनि बताएका छन्। डिजिटल प्रविधि र एआईको प्रयोग गरेर देशलाई अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

त्यस्तै, उनले नयाँ नेतृत्वलाई काम गर्न सहज वातावरण दिनुपर्ने भन्दै उनले नेतालाई अन्धभक्त भएर पूजा गर्ने वा बिना कारण आलोचना गर्ने दुवै गलत भएको बताएका छन्।

उनले राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्ने स्वस्थ राजनीतिक संस्कार विकास गर्न सबैलाई आग्रह गरेका छन्।