बालेनको क्याबिनेटमा को-को मन्त्री?

User Image Prime TV News एक महिना अगाडि
Image of बालेनको क्याबिनेटमा को-को मन्त्री?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठनका लागि मन्त्रीहरूको नाम टुंगो लगाएको छ। पार्टी स्रोतका अनुसार अधिकांश मन्त्रालयका लागि जिम्मेवारी बाँडफाँड गरिएको हो।

अर्थ मन्त्रालय स्वर्णिम वाग्लेलाई दिइएको छ भने परराष्ट्र मन्त्रालय शिशिर खनालले सम्हाल्ने भएका छन्। ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ र गृहमन्त्रीमा सुदन गुरूङ रहने भएका छन्। सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, उद्योग मन्त्रीमा अमरेश सिंह र कानुन मन्त्रीमा सोबिता गौतमलाई जिम्मेवारी दिइएको छ।

स्वास्थ्य तथा खानेपानी मन्त्रालय निशा मेहताले सम्हाल्ने भएकी छन्। त्यस्तै, भौतिक पूर्वाधार मन्त्रीमा सुनिल लम्साल, महिला, बालबालिका मन्त्रीमा सीता वादी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा सस्मित पोखरेल रहने भएका छन्।

नुवाकोट–१ बाट निर्वाचित विक्रम तिमिल्सिना सञ्चार तथा सूचना मन्त्री बन्ने भएका छन् भने महोत्तरीका दीपक साह श्रम मन्त्री बन्ने तयारीमा छन्। रास्वपाले अन्य मन्त्रालयका लागि पनि नाम टुंग्याउने काम जारी रहेको जनाएको छ।