निर्वाचनमा जुटन र सहभागी हुन सवैमा प्रधानमन्त्रीकाे आग्रह

User Image Prime TV News १ हप्ता अगाडि
Image of निर्वाचनमा जुटन र सहभागी हुन सवैमा प्रधानमन्त्रीकाे आग्रह

काठमाडाै। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा जुटन र सहभागी हुन सवैमा आग्रह गरेकी छन्।राष्ट्रका नाममा सम्बोधन गर्दै  आज प्रधानमन्त्री कार्कींले सवै राजनीतिक दल, नागरिक सबैलाई निर्वाचनमा सहभागी हुन र संविधान संशोधनका लागि संवैधानिक विधि अपनाउन आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले संविधान संशोधन आफू नेतृत्वको वर्तमान सरकारको कार्यक्षेत्रमा नपर्ने पनि बताएकी छन्। संविधान संशोधन गरेर शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने दबाबमा रहेकी प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि मात्रै संविधान संशोधन हुनसक्ने स्पष्ट पारिन्।

नेपालको संधिवान र शासकीय प्रणालीको संशोधन लगायत जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका विषय वर्तमान अन्तरिम सरकारको कार्यक्षत्र भन्दा बाहिरको विषय भएकाले युवा पुस्ता लगायत आम परिवर्तनका पक्षधर नेपाली जनतालाई आगामी निर्वाचनमा सहभागी भइ संवैधानिक प्रक्रियाबाटै संविधान संशोधन गर्नका लागि आग्रह गर्न चाहान्छुउनले सम्बोधनका क्रममा भनिन्। 

यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदान गर्ने व्यवस्था मिलाउने तयारी गरि रहेकको बताइन् । उनले भनिन्, ‘रोजगारीको सिलसिलमा बाहिर रहनु भएका नेपाली नागरिकलाई विदेशबाट मतदात गर्न पाउने सम्भावनाका बारेमा निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।

उनले मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेभित्रै स्वतन्त्र, भयरहित वातावरणमा निर्वाचन गराउन सरकारले आवश्यक पर्ने जनशक्ति बजेट, सुरक्षा र कानुनी पक्षका विषयमा निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको प्रारम्भिक काम सुरु गरेको बताइन्।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा दमन गर्नेउपर कडा कारबाही गर्ने प्रतिवद्धता जनाएकी छन्।आन्दोलनका क्रममा जेनजी विद्यार्थी तथा युवा युवतीहरुले अनाहकमा ज्यान गुमाउनु परेकोमा यो सरकार सम्वद्ध दोषीउपर सक्त कानुनी कारबाही गर्ने प्रतिबद्धता जाहेर गर्दछ,’ उनले भनिन्।

राष्ट्रका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले विगतका सरकारका पालामा भएका भ्रष्टाचारबारे सबै जानकारी पाइसकेको बताएकी छन्। उनले यसअघि भए गरेका भ्रष्टाचारको विषयमा प्रस्ट जानकारी पाइसकेको र त्यसको आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने बताइन् ।