बालेनको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

User Image Prime TV News एक महिना अगाडि
Image of बालेनको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौ । बालेन शाहले आज बिहान प्रधानमन्त्रीको पदमा शपथ ग्रहण गरेका छन्। संविधानको धारा ७६ (१) अनुसार, उनले शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रमपछि, बालेन शाहले पूर्वप्रधानमन्त्री सुशीला कार्कीसँग अंकमाल गर्दै समारोहको समापन गरे। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायत देशका विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई लगायतका कूटनीतिक नियोगका प्रमुख र विभिन्न दलका नेता पनि कार्यक्रममा सहभागी थिए।

तर, प्रतिनिधिसभाको तेस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौमै भए पनि शपथ ग्रहण समारोहमा उपस्थित भएनन्। साथै, कांग्रेसका नेता शेरबहादुर देउवा भने देशबाहिर रहेका कारण कार्यक्रममा सहभागिता जनाएनन्।