प्रमुख अनुसन्धान निकायहरू पुनः सम्बन्धित मन्त्रालयमा फर्काउने सरकारको निर्णय


काठमाडाै । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेका तीन प्रमुख अनुसन्धान निकायहरू राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग लाई पुनः सम्बन्धित मन्त्रालयमातहत ल्याउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यी विभागहरूलाई पूर्ववत् संरचनामा फर्काउने निर्णय गरेको हो। सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागहरूलाई अब अर्थ मन्त्रालयको मातहत राखिनेछ, भने राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत राखिने छ।
यसअघि २०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी तीन विभागहरूलाई प्रधानमन्त्री कार्यालयमा ल्याएका थिए।
ओली नेतृत्वको सरकारले सत्ता केन्द्रिकरण गर्ने उद्देश्यले २०७४ सालको निर्वाचनपछि दुई तिहाइको बहुमतको आधारमा १६ फागुन २०७५ मा यी निकायहरूलाई प्रधानमन्त्री कार्यालय मातहतमा राखेको थियो।
तर, त्यसपछिका वर्षहरूमा सुरक्षा निकायहरू विशेष गरी गृह मन्त्रालयअन्तर्गतका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग बीच समन्वयमा चुनौती देखिएको थियो।
यस्तै सरकारकाे प्रवक्ताकाे जिम्मेवारी संचारमन्त्री जगदीश खरेललाई ताेकिएकाे छ ।