नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा, यात्रुहरूले पाए राहत

User Image Prime TV News १ हप्ता अगाडि
Image of नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा, यात्रुहरूले पाए राहत

काठमाडाै । चितवनको इच्छाकामना गाउँपालिका५ अन्तर्गत तुइन खोलामा अवरुद्ध बनेको नारायणगढमुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, बिहीबार राति १०:३५ बजेदेखि सडक दुबै तर्फबाट आवागमन खुला गरिएको हो। करिब १६० मिटर लामो पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जनाइएको छ।

गत असोज ७ गते मंगलबार साँझ साढे ४ बजे देखि सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाउने काम बुधबार बिहानदेखि सुरु गरिएको भएपनि बिहीबार साँझसम्म काम नसकिएपछि रातिको समयमा फ्लडलाइटको सहायतामा निरन्तर डोजर चलाएर पहिरो हटाइएको हो। 

सडक अवरुद्ध हुँदा यात्रुहरूले लामो समय जाममा पर्नुपरेको थियो। दशैंको मुख्य समयमा परेको यस अवरोधले गन्तव्यतर्फ हिँडेका यात्रुहरू सडकमै अलपत्र परेका थिए।