पक्राउपछि ओली अस्पताल भर्ना, स्वास्थ्य निगरानीमा

User Image Prime TV News एक महिना अगाडि
Image of पक्राउपछि ओली अस्पताल भर्ना, स्वास्थ्य निगरानीमा

काठमाडौ । केपी शर्मा ओलीलाई पक्राउ गरेपछि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई त्रिवि शिक्षण अस्पतालको एनेक्स वान भवनको ५०१ नम्बर बेडमा राखिएको छ।

शनिबार बिहान प्रहरीले पक्राउ गरेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको जानकारी दिएका छन्।

अस्पताल स्रोतका अनुसार ओलीको रगत परीक्षण, भिडियो एक्सरेलगायतका आवश्यक जाँच गरिएको छ। मिर्गौला प्रत्यारोपण गराएका बिरामी भएकाले उनको स्वास्थ्य अवस्थालाई विशेष ध्यानमा राखिएको बताइएको छ। हाल उनी चिकित्सकको निगरानीमा उपचाररत रहेका छन्।