लेखक पक्राउपछि कांग्रेसले बोलायो आकस्मिक बैठक
Prime TV News एक महिना अगाडि 
काठमाडौ । रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसले आकस्मिक बैठक बोलाएको छ। बैठक आज बिहान ११ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने सहमहामन्त्री योगेन्द्र चौधरीले बताएका छन्।
जेनजी आन्दोलनका बेला हिंसात्मक दमन गरेको आरोपमा लेखकलाई भक्तपुरको कटुन्जेस्थित घरबाट शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
स्वास्थ्य परीक्षणपछि उनलाई कान्तिपुर अस्पताल लगिएको थियो। अहिले उनलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।







