बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० कार्यसूची (पूर्ण पाठ)

User Image Prime TV News एक महिना अगाडि
Image of बालेन नेतृत्वको सरकारले सार्वजनिक गरेको १०० कार्यसूची (पूर्ण पाठ)

काठमाडौ । बालेन्द्र शाह नेतृत्वको नयाँ सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची सार्वजनिक गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ती कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो। सुरुमा सार्वजनिक नगरिएको उक्त सूची शनिबार साँझ सार्वजनिक गरिएको हो।

सरकारले सेवा प्रवाह सुधार, प्रशासनलाई प्रभावकारी बनाउने र सुशासन कायम गर्ने लक्ष्यसहित कार्यसूची ल्याएको जनाएको छ। अब यी योजनाहरू कत्तिको कार्यान्वयन हुन्छन् भन्ने कुराले सरकारको प्रभावकारिता निर्धारण गर्नेछ।