महेश बस्नेत विरुद्ध कारबाहीको माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका नेता महेश बस्नेत विरुद्ध कारबाहीको माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालय पुगेकी छन्।
आइतबार काठमाडौँ प्रहरी परिसर पुगेकी पाठक त्यहाँबाट सरकारी वकिलको कार्यालयमा पुगेकी छन् । उनले बस्नेतलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गरेकी छन्। पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण र दुर्व्यवहार गरेको आरोप लगाउँदै आएकी छन्।
सोही विषयमा उनले पुनः उजुरी दिँदै कानुनी कारबाहीको माग दोहोर्याएकी हुन्। प्रहरी स्रोतका अनुसार, प्राप्त निवेदनमाथि आवश्यक प्रक्रिया अघि बढाइनेछ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।







