‘कार्यवाहक सभापति’को रुपमा विज्ञप्ति जारी गरेपछि खड्कालाई कारबाही गर्ने तयारीमा कांग्रेस

User Image Prime TV News एक महिना अगाडि
Image of ‘कार्यवाहक सभापति’को रुपमा विज्ञप्ति जारी गरेपछि खड्कालाई कारबाही गर्ने तयारीमा कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले ‘कार्यवाहक सभापति’को नाममा जारी गरेको विज्ञप्ति गम्भीर रूपमा लिएको छ।

शनिबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि खड्काले विज्ञप्ति निकालेका थिए। कांग्रेसका महामन्त्री गुरुराज घिमिरेका अनुसार, पार्टीको निर्णयबाहिर विज्ञप्ति जारी गर्नु अनुशासन विपरीत छ र पार्टीले यसलाई गम्भीर रूपमा लिएको छ।

यो विषयमा शनिबार सामान्य फोन कुराकानी भए पनि आज पदाधिकारी बैठक बसेर निष्कर्ष निकाल्ने तयारी छ। बैठकमा खड्काको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने विकल्पमाथि पनि छलफल हुने बताइएको छ। कांग्रेसले सबै सदस्यको क्रियाशीलता अद्यावधिक गर्ने निर्णय गरिसकेको छ।