आज देशभर बदली र वर्षाको सम्भावना, केही पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुन सक्ने

User Image Prime TV News ११ महिना अगाडि
Image of आज देशभर बदली र वर्षाको सम्भावना, केही पहाडी क्षेत्रहरूमा मध्यम वर्षा हुन सक्ने

काठमाडाै । देशका विभिन्न भूभागमा आज बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाले बिहान जारी गरेको दैनिक मौसम बुलेटिन अनुसार हाल देशभर मनसुनी प्रणालीको प्रभाव कमजोर रहे पनि स्थानीय वायुले केही प्रभाव पारेको छ।

दिउँसो देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडीय क्षेत्रमा केही स्थानहरूमा मध्यम वर्षा हुन सक्नेछ। बाँकी क्षेत्रका एक(दुई स्थानमा हल्का वर्षा पनि हुनसक्ने सम्भावना छ।

साँझपछिको समय देशका अधिकांश भूभागमा मौसम सफा रहनेछ। तथापि, कोसी प्रदेशलगायत पहाडी क्षेत्रमा आंशिक बदली रहने र एकदुई स्थानमा मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।