स्वास्थ्यको कारण ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्यको कारण अदालतमा भौतिक रूपमा उपस्थित गराउन नसकिएकोले भर्चुअल माध्यमबाट उपस्थित गराउने तयारी सुरु भएको छ।
ओली शनिबार गुन्डुबाट पक्राउ परेका थिए र हाल टिचिङ् अस्पतालमा भर्ना छन्। चिकित्सकहरूले उनलाई अस्पतालमै राखेर परीक्षण गर्न सिफारिस गरेका थिए। सरकारी वकिल कार्यालयले चिकित्सकको सल्लाहअनुसार भिडियो कन्फरेन्सिङमार्फत अदालतमा उपस्थित गराउने तयारी गरेको छ।
अहिलेसम्म काठमाडौं जिल्ला अदालत र प्रहरी परिसर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। शनिबार नै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने अदालतमा उपस्थित गराइसकिएको छ।
ओली र लेखक दुवै भदौ २३ गते भएको “जेनजी आन्दोलन” दमन प्रकरणमा आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका हुन्।







