एमालेले काठमाडौ जिल्ला प्रशासन कार्यालयमा बुझायो विरोधपत्र
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउको विरोधमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएको छ।
शनिबार बसेको आकस्मिक सचिवालय बैठकको निर्णयअनुसार पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालयमा पनि विरोधपत्र बुझाउने कार्यक्रम बनाएको छ। एमालेले भदौ २३ र २४ मा भएको घटनाको छानबिन गर्न गठन गरिएको गौरी बहादुर कार्की आयोगप्रति असहमति जनाएको छ।
पार्टीले उच्चस्तरीय छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। पार्टीले संसदमा रहेका दलहरूसँग संवाद गरी सामूहिक प्रतिवादको तयारी गर्न नेताहरू बिष्णु पौडेल, रामबहादुर थापा र गोकर्ण बिष्ठ लाई जिम्मेवारी दिएको छ।







