प्रचण्ड बने संसदीय दलको नेता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल संसदीय दलको नेता चयन भएका छन्।
नेकपाका सांसद रमेश मल्लका अनुसार आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जितेको थियो। कुल १७ सिटको आधारमा संसदीय दलको नेतृत्व प्रचण्डलाई दिइएको हो।







