सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक

User Image Prime TV News एक महिना अगाडि
Image of सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुशासन मार्गचित्र– २०८२ सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अब कार्यालयको वेभपोर्टलमा हेर्न सकिनेछ।

जेनजी आन्दोलनको माग अनुसार शासकीय सुधारका क्षेत्रमा गर्नुपर्ने कामबारे अध्ययन गर्न समिति गठन गरिएको थियो। समितिको नेतृत्व शासकीय महाशाखाका सचिव गोबिन्द बहादुर कार्कीले गरेका थिए।

समितिले चैत ३ गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन १,०४९ पृष्ठको छ। प्रतिवेदनमा राजनीतिक दलहरूको घोषणापत्रको विषयवस्तु विश्लेषण गरेर सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरिएको छ।  प्रतिवेदनमा १,७६५ वटा क्रियाकलाप समावेश गरिएको छ र व्यवस्थापिका र न्याय प्रशासन सुधारका सुझावहरू पनि राखिएका छन्।