शिक्षा मन्त्री पुनको आह्वान: सुधारको लागि युवा उठ

User Image Prime TV News १ हप्ता अगाडि
Image of शिक्षा मन्त्री पुनको आह्वान: सुधारको लागि युवा उठ

काठमाडाै । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले प्रत्यक्ष राष्ट्रपति प्रणालीको सपना देख्ने नेपालीहरूलाई संगठित रूपमा निर्वाचनमा सहभागी हुन आह्वान गरेका छन्।

उनले आगामी फागुन २१ गतेको निर्वाचनमा पुराना, भ्रष्ट नेताहरू हटाई नैतिकवान र संकल्पशील युवा प्रतिनिधिहरूलाई छान्न अपिल गरेका छन्।

पुनले सामाजिक सञ्जालमा लेखेका छन्, "भ्रष्टाचारकमगर्ने, सुशासनदिने, आर्थिकसमृद्धिविदेशीहस्तक्षेपअन्त्यगर्नेसरकारबनाउनयुवाहरूजुट्नुपर्छ।"

यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले भने संविधान संशोधन अन्तरिम सरकारको कार्यक्षेत्रभित्र नपर्ने बताउँदै, परिवर्तनको माग संविधानिक प्रक्रिया मार्फत निर्वाचनपछि मात्र सम्भव हुने स्पष्ट गरेकी छन्।