काठमाडौं जिल्ला अदालतले ओली र लेखकलाई पाँच दिन थुनामा राख्ने अनुमति दियो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौ जिल्ला अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख रमेश थापाका अनुसार अदालतले दुवै नेतालाई पाँच–पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन म्याद दिएको हो। शनिबार उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
पक्राउपछि आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो। अदालतको आदेशपछि प्रहरीले दुवै नेताका बयान लिन, प्रमाण संकलन गर्न र अनुसन्धान प्रक्रिया पूरा गर्न सक्षम भएको छ।







