पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना

काठमाडौ । पूर्वमन्त्री दीपक खड्कालाई स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनलाई अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। विभागले अदालतबाट ७ दिनको म्याद लिएर खड्कालाई प्रहरी प्रभाग पुल्चोकमा राखेको थियो।

गएराति साढे १२ बजे बान्ता भएपछि अनुसन्धान अधिकृतको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो। लगातार समस्या देखिएपछि नर्भिक अस्पतालले उनलाई त्रिवि शिक्षण अस्पतालमा रिफर गरेको हो। खड्का विरुद्ध विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ।