माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताबीच गहिरो मतभेद

User Image Prime TV News १ हप्ता अगाडि
Image of माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताबीच गहिरो मतभेद

काठमाडाै । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ। बिहीबार कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा शीर्ष नेताहरूले प्रस्तुत गरेका फरकफरक प्रस्तावमाथि समूहगत छलफल जारी छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालप्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले आआफ्नो प्रस्ताव पेश गरेका छन्। ती प्रस्तावहरूमाथि बिहीबार प्रदेशगत छलफल भएको थियो भने आज बिहान ११ बजे बैठक पुनः बस्नेछ।

सम्भवतः आज नै बैठक निष्कर्षमा पुग्न सक्ने बताइएकाे छ ।

तीन नेताका फरक प्रस्ताव, आन्तरिक मतभेद सतहमा

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले मंसिर अन्तिम साता महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। उनले हालको केन्द्रीय समिति भंग गरी महाधिवेशन मूल आयोजक समिति गठन गर्ने र त्यसको संयोजक स्वयं रहने प्रस्ताव गरेका छन्।

तर, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले उक्त प्रस्तावप्रति असहमति जनाउँदै महाधिवेशन निर्वाचनपछि मात्रै गर्नुपर्ने धारणा राखेका छन्। त्यस्तै, उपमहासचिव शर्माले अध्यक्षसहित सम्पूर्ण पदाधिकारीले राजीनामा दिनुपर्ने प्रस्ताव राख्दै नेतृत्वमा व्यापक पुनर्गठनको माग गरेका छन् ।

आजको बैठकमा यी प्रस्तावहरूमाथि समूहगत छलफलपछि केन्द्रीय सदस्यहरूले धारणा प्रस्तुत गर्नेछन्।