लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा पक्राउ

काठमाडौ । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रेखाकुमारी शर्मा सोमबार राति काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। उनलाई धुम्बाराहीस्थित निवासबाट पक्राउ गरिएको हो।

शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै कुटपिट र मानसिक पीडा दिने आरोप लागेको थियो। २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित उनको घरबाट बालिकालाई उद्धार गरेको थियो।

उद्धारपछि काठमाडौँ महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ अनुसार जाहेरी दिएको थियो। पहिले माघ २०८१ मा मुद्दा नचल्ने निर्णय भए पनि पुरानो मुद्दा पुनः सक्रिय भएपछि सांसद शर्मालाई पक्राउ गरिएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।