पेट्रोलको मूल्य बढेसँगै भाडा समायोजन गर्न माग गर्दै राइडर सडकमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपालमा राइड सेयरिङ कम्पनीविरुद्ध स्वतन्त्र चालक फाउन्डेसनले सोमबार माइतीघरमा प्रदर्शन गरेको छ। उनीहरूले कम्पनीहरूले मनपरी भाडा तोकेको र राइडरहरूको श्रम शोषण गरेको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले पेट्रोलको मूल्य बढेसँगै भाडा समायोजन, बीमा सही रूपमा लागू गर्नु र कम्पनीले कमिसन घटाउनु पर्ने माग राखेका छन्। उनीहरूले मोटरसाइकलसहित र्याली गर्दै सहरका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए।
समूहले आफ्ना माग पूरा नभए राइड सेयरिङ सेवा बन्द गर्ने चेतावनी दिएका छन्। राइडरहरूले आन्दोलन देशव्यापी बनाउने र आफ्नो धैर्यतालाई कमजोरी नलिन आग्रह गरेका छन्।







